'जनताले शासक होइन सेवक खोजेका छन्'

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुनसरीको धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई शुभकामना दिएका छन्। शनिबार साम्पाङकै निवासमा पुगेर लिङ्देनले शुभकामना दिएका हुन्।

सामाजिक सञ्जाल तस्वीर सार्वजनिक गर्दै लिङ्देनले लेखेका छन्, 'नवनिर्वाचित मेयर हर्क साम्पाङ तपाईंलाई धेरै धेरैं शुभकामना। जनताले यस्तै शासक होइन जनताको सेवक साम्पाङ खोजिरहेको छ भन्ने सूचना दिनुभयो,  धन्यवाद।'

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्रबाट उठेर धरान  उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.