|
फाइल

काठमाडौं : बिहानदेखि हराइरहेको तारा एअरको विमान खोजीकार्य तिव्र पारिएको छ। पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ।

सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।

हेलिकप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरू खोजीमा गए पनि घाँसा क्षेत्रमा पानी परेकोले खोजी कार्यमा कठिनाइ भइरहेको जानकारी  मुस्ताङ प्रहरीले दिएको पर्वतबाट जिल्ला संवाददाता संजय रेग्मीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.