|
फाइल

काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्। 

जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडेको छ। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ जयनारायण आचार्यले जानकारी दिए।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको बताएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए।

विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.