सेना र प्रहरी हिँडेरै घोडेपानी जाँदै

|
फाइल फोटो

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ। 

मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ। हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ। 

विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना रहेका थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.