बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।
गत फागुनमा किशोरी बलात्कृत भए पनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ। आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गत फागुनमा किशोरीमाथि बलात्कार भएको जाहेरीमा उल्लेख गरेको र सोही जाहेरीका आधारमा आरोपित चन्दलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी ल्याइसकेको प्रहरीले जनाएको छ। बलात्कारपछि किशोरी गर्भवती रहेको आफन्तले जाहेरीमा उल्लेख गरेको भए पनि मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको छ।
पीडित किशोरी अहिले आफन्तकै संरक्षणमा रहेको प्रहरीले जनाएको छ।
गत फागुनमा खर्क गइरहेकी किशोरीलाई चन्दले दिउँसोको समयमा जबरजस्ती करणी गरेको पीडितका आफन्तको आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।