|

काठमाडाैं : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुपसज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्‍मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ। आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ। सरकारले आयात हुने र स्वदेशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो। यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ। सरकारले सवारीसाधन, मोटरसाइकल लगायतमा पनि अन्तःशुल्क बढाएको छ।

सरकारले उत्पादनशील क्षेत्रमा योगदान पुर्‍याउने उद्योग तथा कलकारखाना स्थापना गरे कर छुट दिने भएको छ। उत्पादनको क्षेत्रमा सरकारले बजेटमा विशेष जोड दिएको देखिन्छ। कृषि औजार उत्पादन गर्ने कम्पनीलाई स्थापनाको पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट दिने बजेटमा उल्लेख गरिएको छ। यसले कृषि क्षेत्रमा आवश्यक पर्ने उपकरणको उत्पादनमा प्रोत्साहन बढ्ने देखिन्छ।

बजेटमार्फत सरकारले उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिने घोषणा गरेको छ। त्यस्तै इन्टरनेटको सेवालाई सर्वसुलभ बनाउन सेवा शुल्क घटाउने भएको छ, जसले बजारमा इन्टरनेटको शुल्कमा केही कमी आउने देखिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.