|

काठमाडौं : बागमती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ। 

प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। 

नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार नै सक्ने र बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति, एक वडा–एक पशु कार्यालय, स्मार्ट लाइसेन्स, विद्युतीय सवारीसाधनको व्यवस्थापन लगायत कार्यक्रम समावेश गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.