|


काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ।

आजको सुनुवाइ न्यायाधीश श्रेष्ठ र चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको अदालत प्रशासनले जनाएको छ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे। उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गर्ने र  मिति सार्न नपाइने उल्लेख थियो। सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो।

सरकारले आईजीपी​मा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.