|

काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)काे १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द पनि नबोलेको बताएका छन्। 

राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलको क्रममा एमसिसीबारे आफू अझै स्पष्ट नभएको बताएका हुन्। 

सरकारलाई प्रश्न गर्दै उनले भने, ‘लप्सेफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केभीको प्रशारण लाइन निर्माण अगाडि बढाइने भनेर बजेटमा भनिएको छ। यो एमसिसीकै योजना हो की सरकारले आफै बनाउने भनेर ल्याएको हो बुझिएन।’

संसदबाट एमसिसी अनुमोदनकाे बेलामा १२ बुँदे व्याख्यात्मक घोषणामा सहमति नजनाए खारेज हुने नेताहरुले बताएकाे भएपनि अहिले मौन रहेको आरोप लगाए।

‘एमसिसी पारित गर्ने बेलामा अमेरिकाले सहमति जनाएन भने खारेज हुने भनिएको थियो। तर मेरो जानकारीमा आएसम्म अमेरिकाले त्यसबारे एक शब्द पनि बोलेको छैन’ उनले भने, ‘त्यसकारणले एमसिसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ। तर यो के हो प्रस्ट हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.