|

काठमाडौं : चितवन धनकुटा र सप्तरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। 

चितवनको ईच्छाकामाना गाउँपालिका ४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरुष रहेका छन्।  

मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन्।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो। दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

यस्तै धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो। मृत्यु हुनेमा संखुवासभा खाँदबारी १० का पुरन राई रहेको प्रहरीले जनाएको छ।  

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सप्तरीको कंचनरुप नगरपालिका- १२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.