|

काठमाडौं : प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताए। 

अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो? भनेर सोध्ने छलफलले कतै नपुगिने बताए। सत्तारूढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले लाेकप्रिय बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पारे। उनले उत्पादन वृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बताए। 

सांसद बस्नेतले भने, ‘हरेक बुँदामा यसको नियत के हो भनेर भन्नुको कुनै अर्थ छैन, यसले हामीलाई कहीँ पुर्‍याउँदैन। परिणाम पर्खिने धैर्यता हामी सबैले राख्नुपर्छ। किनकि हामीलाई थाहा छ विरासतमा धेरै समस्याहरू छन् र एकै वर्षमा सबै समस्या समाधान हुँदैनन्। त्यो समाधान गर्न एउटा स्पष्ट धारणाका साथ बढ्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको आवश्यक्ता हो।’

बजेट उत्पादन वृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत भएको दाबी गरे। आर्थिक विकासको मोडल नयाँ बनाउनुपर्नेमा जोड दिँदै कपीपेस्ट नभएर, नयाँ मोडल बनाउनुपर्नेमा जोड दिए। 

कर्णाली क्षेत्रका विकासमा क्रान्ति ल्याउने सडक विकासको कार्ययोजना रहेको बताए। आगामी आर्थिक वर्षको बजेट आर्थिक विकासको नयाँ मोडलको रुपमा आएको पनि उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.