|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्व-प्रधानमन्त्री झलनाथ खनालले वाम एकता मलुकको आवश्यकता भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनले भने, 'एकता मलुकको आवश्यकता हो। तर, पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा रहेका छैनन्।'

खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।

उनले भने, ‘वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरु एकताको पक्षमा छैनन्। त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो? यसको ऐतिहासिकता के हो? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए। संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.