|

पर्सा : नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा पौडेलले निजगढको अन्तराष्ट्रिय विमानस्थल यसै बर्षभित्र निर्माण सुरु गर्ने बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभालाई शनिबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भनेर आफूले गएको १५ जेठमा प्रस्तुत गरेकाे बजेटमा पनि उल्लेख गरिएको तर्क गर्दै मन्त्री शर्माले ‘यो विमानस्थल बन्छ, बनाउनै पर्छ’ भने।

बनाउनकै लागि घोषणा गरिएकोले अन्यथा नहुने उनको तर्क छ।

वीरगन्जका उद्योगी व्यवसायीहरुले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा शंका व्यक्त गरेपछि उनले आफ्नो सम्बोधनका क्रममा यस्तो बताएका हुन्। वीरगन्जकै सांसद विमल श्रीवास्तवले वीरगन्ज चिनी कारखाना चले आफ्नो एउटा घर नै दिने भनी घुमाउरो पारामा नचल्ने संकेत गर्दै संसद भवनमा नै बोलेको चिनी मिलको प्रसंगमा पनि मन्त्री शर्माले, वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना जस्ता वीरगन्जका धरोहर उद्योगहरु चलाउने पनि वीरगन्जमै पुगेर उद्घोष गरे।

त्यसैगरी मन्त्री शर्माले मधेशलाई काठमाण्डौंसँग जोड्ने निजगढ काठमाण्डौ फास्ट ट्रयाक (द्रुतमार्ग) पनि चाँडो चलाउन ३० अर्ब बजेट छुट्याइएको बताए। मन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्रो रकम छुट्याएको छ। निजगढ विमानस्थल, फास्ट ट्रयाक बन्दा पनि वीरगन्जलाई फाइदा छैन? भनी तर्क गर्दै त्यसको स्वामित्व पनि वीरगन्जले लिनुपर्ने सुझाव दिए।

यसअघि सर्वाेच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन राेक लगाउने आदेश जारी गरेकाे थियाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.