|

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।

आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।

शनिबारका लागि तोकिएको याे खेल वर्षातका कारण अन्तिम समयमा स्थगित गरिएको थियो। आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आइतबार खेल स्थगन गरेको हो। आइतबार भएको दोस्रो खेलमा ए डिभिजन लिगको नवप्रवेशी टोली खुमलटार युवा क्बलमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको छ।

पुलिसको जीतमा अभिषेक रिजाल र भरत शाहले गोल गरे। रिजालले खेलको दोस्रो मिनेट र शाहले २३ औँ मिनेटमा गोल गरेका थिए। खुमलटारका लागि अजित लामाले ८५ औँ मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ। फाइनल खेल जेठ ३० गते हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.