|

काठमाडौं : बाँके, मोरङ र कास्कीमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। 

बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा गएराति दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। ​

चप्परगौडीबाट कोहलपुर जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो। 

कोहलपुर २ का २९ वर्षीय रामबहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालिकाका ८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यसैगरी, मोरङको रतुवामाई नगरपालिका १ मा हिजो मे ४ प ४५५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्। 

गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवर्षी नगरपालिका ९ का २४ वर्षीय राजकुमार शर्माको उपचारको क्रममा मृत्यु भएको हो। पछाडी सवार भारतीय नागरिक २२ वर्षीय किसन कुमजार कामतको उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। 

कास्कीको पोखरा महानगरपालिका २७ अर्घोचोकमा आइतबार बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बसको ठक्करबाट तनहुको घिरिङ गाँउपालिका १ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ वर्षीय  इमराज लामिछानेको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका लामिछानेको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल उपचारको क्रममा बेलुकी सवा ९ बजे मृत्यु भएको हो। पोखराबाट तनहुँ जाँदै गरेको ना ७ ख ४९७६ नम्बरको बसले बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो।

बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.