|

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पद तत्कालका लागि बचेको छ। 

पार्टीगेट काण्डका कारण समस्यामा परेका बेलायतका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गरेका जोनसनले विश्वासको मत पाएपछि उनको पद जोगिएको हो।

गएराति भएको कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसद मध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उनको विपक्षमा १४८ मत परेको थियो। यो जितपछि जोनसन अब कम्तिमा एक वर्ष प्रधानमन्त्री पदमा रहनेछन्।

पार्टी र सरकारमा बढ्दो विरोधका कारण जोनसनको पद जाने आशंकाका बीच २११ सांसदले उनीमाथि विश्वास देखाएको बीबीसीले जनाएको छ। यसबाट कन्जरभेटिभ पार्टीका ४० प्रतिशत सदस्य उनका विरोधी बनेका छन्।

कोरोनाको  नियम उल्लङ्घन गरेको पार्टीगेट काण्ड प्रकरणमा पार्टीका ४० भन्दा बढी सांसदले उनको राजीनामाको माग गरिरहेका थिए।

सन् २०२० जुन २० मा बेलायती प्रधानमन्त्रीको कार्यालय  उनिङ स्ट्रिटमा कोरोना महामारीको प्रारम्भिक दिनमा जोनसनले जन्मदिनको पार्टी मनाएका थिए। कोरोना नियम उल्लङ्घन गरी मन्त्रिपरिषद् कक्षमा पार्टीको आयोजना गरिएको थियो।

यसका लागि प्रधानमन्त्री जोन्सन र उनकी श्रीमती क्यारीलाई जिम्मेवार मानिएको थियो। बेलायती नेताहरूले यसलाई ‘पार्टीगेट स्क्यान्डल’ भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.