|

काठमाडौं : आज विश्व खाद्य स्वच्छता दिवस तथा चौधौं राष्ट्रिय खाद्य स्वच्छता दिवस। स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम मानिसमा पुर्याउने उद्देश्यले १३ वर्ष अघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले अभियान सुरु गरेको थियो। उक्त अभियानलाई समर्थन जनाउँदै कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन एफ.ए.ओ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो।

खानपानमा स्वच्छता र सन्तुलित नहुँदा धेरै प्रकारका रोगहरु लाग्न सक्दछ।  डब्ल्यूएचओका अनुसार अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सय बढी रोग लाग्ने गर्दछ।

विश्वमा वर्षेनी ४ लाख २० हजार  मानिसको दूषित भोजनका कारण मृत्यु हुने गरेको छ। त्यस्तै झाडापखालाबाट वर्षेनी ५५ करोड बिरामी हुनाका साथै २ लाख ३० हजारको मृत्यु हुने डब्ल्यूएचओको तथ्याङ्क छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.