|

काठमाडौं : नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाख नगदसहित ५ जना पक्राउ परेका छन्। नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ नगदसहित ४ जना चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका हुन्।

प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गास्थित चेकप्वाइन्टबाट चालक नुवाकोट विदुर नगरपालिका-८ का ४४ वर्षका फूलबहादुर गुरुङ, चिनियाँ नागरिकहरु ५० वर्षका एउयाङ जाइकिङ, ४९ वर्षका झाङ ताओ, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षका मौजियाङ हुआलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १ हजार दरका ३६ हजार ४१३ थान नोट ३ करोड ६४ लाख १३ हजार रूपैयाँ, ५ सय दरको ५ हजार १ थान गरी २५ लाख ५ सय रूपैयाँ, १ सय दरका २ थान र २० रूपैयाँ दरको १ थान स्रोत नखुलेको शंकास्पद रकम फेला परेको हो। प्रहरीले उक्त कारसमेत बरामद गरेको छ।

मंगलबार बिहान करिब ९ः३० बजे नियन्त्रणमा लिइएको ५ जनासहित बरामद रकम र कार आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.