|

विराटनगर : प्रदेश १ सरकारले किरात सभ्यतासँग जोडिएको सप्तकोसीस्थित  खुवालुङको संरक्षण गर्ने योजना ल्याएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले खुवालुङ किँरातीहरुको धार्मिक क्षेत्र भएकाले खुवालुङको संरक्षणको नीति बनाएको बताएका हुन्।

सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको हो।

सरकारले प्रदेश १ का नाका तथा एयरपोर्टहरुमा प्रदेशका पर्यटकिय क्षेत्रको विकासको डिजिटल प्रचार सामग्री राख्ने नीति लिएको प्रदेश प्रमुख पर्शुराम खापुङले जानकारी दिए।

यस्तै, सरकारले बृहत विराट क्षेत्रको विकासका लागि गुरु योजना बनाउने नीति पनि लिएको छ। भने  सरकारले विराटनगरको केसलिया र सिंघिया खोलामा करिडोर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीति पनि लिएको छ।  धरान र इटहरीको पनि गुरू योजना बनाउने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.