|

काठमाडाैं : अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ। आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी छन्।

उनले तीन दिनभित्र ताला खोली त्रिविको काम सुचारु नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छिन्। त्रिविमा लगाएको ताला खोलेर सञ्चालन गर्न सरकार संवेदनशील नभएको उनकाे भनाइ छ।

अध्यक्ष बरालले त्रिविमा पाँच महिनादेखि लगाइएको तालाले त्रिविलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सरकारको लक्ष्यलाई बाधा पुग्नेसमेत बताएकी छन्। त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकले माघ २० गतेदेखि तालाबन्दी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.