|

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ।

कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री गर्नेछ। 

यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
 
बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा आज बैंकिङ समयपछि जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.