|

काठमाडौं : आईसीसी यू–१९ महिला टी(ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ८७ रनको विजयी लक्ष्यसहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। 

नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गर्न चाहन्छ।

४ खेलमा नेपालले दुई जित र दुई हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।  दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो।

तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्वकप खेल्नेछ।

छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.