|

दोलखा : विगु गाउँपालिका–६ आलम्पुमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

बुधबार घरनजिकैको जङ्गलमा दाउरा खोज्न गएका ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

दिउँसो घरनजिकैको सार्वजनिक जङ्गलमा दाउरा खोज्न गएका थामीको शव बुधबार साँझ नै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.