|

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरेका छन्। प्रदेश नं. १ का स्थानीय तह प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनमा बाेल्दै उनले यस्ताे बताएका हुन्।

मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताउँदै सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।

जनप्रतिनिधिप्रति लक्षित गर्दै उनले भने, ‘एउटा प्रसिद्ध भनाइ छ कि एकैसाथ दश औँलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन, सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस् ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.