|

बागलुङ : तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

तमानखोला गाउँपालिका १ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

तमानखोला गाउँपालिका १ मा रहेको बुद्ध आधारभूत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरुले यही जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुनकुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थिए।

नियन्त्रणमा लिइएका दुवैविरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.