|

काठमाडौं : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का पानी परिरहेको छ।

आइतबार दिउँसो भने देशैभर हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशभर नै सामान्य बदली रही ती प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदशेका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मौमस सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने महाखाशाले जनाएको छ। 

प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने सम्भावना देखिएको छ भने प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ। 

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा मेघगर्जन चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ। 

हाल नेपालको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.