‘संघीयता सुदृढ भइसक्यो, अब कसैले हिलाउन सक्दैन’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने बताएका छन्। 

बर्दियाको बेलभार गाउँमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी संघ र प्रदेशको निर्वाचनको तयारीमा छौँ। स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भयो। प्रदेश र संघको निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकारले देशलाई समृद्धिको बाटोमा लाने विश्वास छ।’

निर्वाचनको मितिबारे गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको समेत बताए।

‘गठबन्धनमा भित्र र प्रतिपक्षसँग कुरा गर्दा मंसिर पहिलो हप्ता र कात्तिक अन्तिम भन्ने कुरा भइरहेको छ। प्रधानमन्त्रीसँग छलफल गर्दा मंसिर पहिलो सातमा हुने सम्भावना बढी छ’ उनले भने, ‘चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ। सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ।’

उनले निर्वाचन सफल भएपछि संघीयता सुदृढ भएकाले अव कसैले हिलाउन नसक्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.