|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक भोलि मंगलबार बस्दैछ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्नु एक दिनअघि प्रदेशसभा बैठक बस्न लागेको हो। मंगलबार दिउँसो २ बजे बस्ने बैठकका ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

उनले मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्ने, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए।

सोमबारकै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन्। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट असार १ गते बुधबार बजेट आउँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.