|

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतंक मचाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतंक मचाएको हो।

दिउँसोको समयमा जंगलमा चराउन लगेका र रातिको समयमा गाउँमै पसेर खसीबाख्रालाई चितुवाले आक्रमण गरी लग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

चितुवा बथान सहित गाउँमा पसेर आतंक मचाएको स्थानीय तेजन बोहराले बताए। रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्न थालेका छन्। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ। जंगलबाट चितुवा गाउँमा पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। गोठबाटै बाख्रा, खसी चितुवाले आक्रमण गरेर लग्न थालेपछि गाउँमा त्रास फैलिएको छ।

स्थानीय प्रजापति  मडैका अनुसार दुई महिनाको अवधिमा दुई दर्जन खसीबाख्रा चितुवाले खाइसकेको छ। यसरी घरनजिकै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। पालेका खसीबाख्रा चितुवाले खान थालेपछि किसान चिन्तित बनेको स्थानीय मडैको भनाइ छ।

चितुवाको वासस्थान नष्ट हुँदै गएपछि चितुवा मानव बस्तीमा पस्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.