|

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.