|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज (मंगलबार) संसद अवरोध गरेको हो।

गम्भीर विषय उठिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा पदमा बसिरहन नमिल्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान छ। अर्थमन्त्रीको मनलाग्दीमा एमाले मूकदर्शक भएर बस्न नसक्ने उनले बताए। 

तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको आग्रहलाई नमानेर एमालेले निरन्तर संसद अवरोध गरेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.