|

सल्यान : आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै सल्यानमा गर्भवतीलाई कुखुरा वितरण गरिएको छ।

कुपोषणको हटाउन र पोषणमा सुधार ल्याउन भन्दै जिल्लाको कपुरकोट गाउँपालिकाले कुखुरा वितरण गरेको हो। पालिकाभित्रका १६५ सुनौलो हजार दिनमा आमाहरूलाई हेम्सायर जातको कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ।

गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको बढी आवश्यकता पर्छ।

बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्त्व मात्र भए पनि योसँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान दिन सकून् भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताए।

यो समयमा पोषण सुधारमा ध्यान दिन नसके महिलामा जटिल समस्या आउन सक्ने अवस्थालाई ध्यान राखी कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए। उनले भने, ‘गाउँघरमा अझै पनि गर्भवती तथा सुत्केरी महिला पोषणयुक्त चिज खान नपाइरहेको अवस्थामा छ। जसका कारण कुपोषणको मात्रा बढी रहेको छ।’

पोषणमा सुधार ल्याउनु यसको मुख्य उद्देश्य रहेको भण्डारीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.