|

जनकपुरधाम : जानकी मन्दिरले बिजुलीबत्तीको वक्यौता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा बुझाउने सहमति भएको छ।

लाइन काटिदिने तीनदिने अल्टिमेटमपछि जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो।

जानकी मन्दिरले लामो समयदेखिको विद्युत् प्राधिकरणलाई ७८ लाख १३ हजार २९७ रुपैयाँ बुझाउन बाँकी छ। गत जेठ २३ गते प्राधिकरण जनकपुरधामले तीन दिनभित्र महसुल नतिरे लाइन काटिदिने चेतावनी दिएको थियो। तत्पश्चात् जानकी मन्दिरको व्यवस्थापन महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको हो।

अब मासिक ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुई वर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

जानकी मन्दिरमा महिनाको लाखौँ रुपैयाँ भेटी चढ्छ भने जानकी मन्दिरछेउका विवाहमण्डप ठेक्का लागेको आम्दानी आउने गर्छ तर मन्दिरले महसुल नतिर्दा जानकी मन्दिरको चर्को आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.