|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। 

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’
  
अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका दर तोकेको दाबी गरे। ‘कुनै राज्यमा पनि कल्पना गन सकिँदैन। यो त पञ्चायतकालमा पनि हुँदैन। प्रस्तुत गर्नुअघि  बजेटको बारेमा मन्त्रिपरिषद्‍मा बिफ्रिङ गरेर पास गरिन्छ। गोपनीयता खुल्ला भनेर ब्रिफकेस बाँधेर प्रधानमन्त्रीसँगै सबै मन्त्रीहरू संसदमा गएर पेश हुन्छ। यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखियो’ उनले भने।  

नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिइरहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.