‘एमालेबाहेक अरू कसैसँग विकासको भिजन छैन’

|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अस्तित्व मेटाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको बताएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्। 

उनले भने, ‘पार्टीभित्रबाटै संकट पैदा गरे। बाह्य र पार्टीभित्रकै शक्तिहरू मिलेर नेपालको लोकतान्त्रिक आन्दोलनको मूल संस्था एमालेलाई कमजोर पार्ने कोसिस भयो। सिध्याउन खोजेको अवस्थामा पुगेका थियौँ। तर, हामी स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सक्यौँ।’

साबिक नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउने अवस्थामा पुगेको बताए। 

उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा तयार गरेर बदनाम गर्न लागे। नेतृत्व नै विस्थापित गर्ने प्रयास भए। हामी जिवन मरणको लडाइँ लड्यौँ। हाम्रो लागि सामान्य लडाइँ थिएन। हाम्रो अस्तित्व मेटाउन खोजेका थिए। तर, आजपनि हामी प्रमुख राजनीतिक पार्टी हौँ।’ 

एमाले बाहेक अरु कसैसँग विकासको भिजन नभएको बताए। एमाले एक्लै र अरू सबै एकातिर हुँदासमेत एमाले पहिलो दल बनेको दाबी गरे। 

स्थानीय तहको निर्वाचनको रुपमा एउटा महासंग्राममा सफल भएर आएको बताए। पाँच दलीय गठबन्धन सत्ताको प्रयोग गरेर धाँधली गरेको उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.