|
फाइल

पर्वत : बजेट विनियोजनभन्दा साथ भौतिक पूर्वाधार र सेवा सुविधामा नै धेरैको चासोको विषय बन्ने गरेको छ। गण्डकी प्रदेश पर्यटकीय क्षेत्रका रूपमा रहेका कारण पनि बजेटलाई पर्यटनलाई कत्तिको चासो दियो भन्ने कुरा महत्त्वपूर्ण रहन्छन्।

विशेषतः गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सार्वजनिक गर्ने बजेट तथा लक्ष्यले पर्यटकीय नगरी पोखरालाई प्रत्यक्ष रूपमा छोएको हुन्छ। पोखरावासी नागरिक पनि हरेक पटकको बजेटमा पोखराको पर्यटन विकासमा अब नयाँ के काम होला? भन्ने प्रतीक्षामा बसिरहेका हुन्छन्।

यही चासोका बिचमा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि आफ्नो बजेट योजना र लक्ष्य सार्वजनिक गरिसकेको छ।

अर्थमन्त्री रामजीप्रसाद बरालले गत बुधवार संसदमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। सोही बजेटभित्रबाट पर्यटकीय स्थलहरूमा जानको लागि पदमार्ग निर्माणदेखि प्रदेशभित्रका तालहरूमा कनेक्सन ट्रेल निर्माण गर्नेसम्मको लक्ष्य राखिएको छ।

अर्थमन्त्री बरालले संसदमा बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मक वृद्धिका लागि आवश्यक व्यवस्था मिलाएको बताएका छन्।

 स्थानीय तहसँगको समन्वयमा प्रदेशभित्र रहेका प्रमुख तालहरूको ‘कनेक्सन ट्रेल’ को विकास गरिने पनि उनले बजेटमा सुनाएका छन्। ‘एक स्थानीय तह एक प्रमुख पर्यटकीय पदमार्ग’ निर्माण, पवित्र धार्मिक स्थल रिडीदेखि लिगलिग कोटसम्मको गण्डकी ट्रेल, व्यास गुफा–छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क–

छिम्केश्वरी पदमार्ग, हटिया–बुढीकोट–गोरखा पदमार्ग, देवघाट–मौलाकाली–देवचुली–नरक–पुवाकोट–नारीभञ्ज्याङ–दाउन्ने महाभारत पदमार्ग लगायतको सम्भाव्यता अध्ययन गरी पदमार्ग विकास गुरुयोजना निर्माण गर्न आवश्यक बजेट दिने भनिएको छ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएका प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाउन दुई करोड २० लाख, ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि प्रदेशभित्र सञ्चालनमा रहेका होमस्टे कार्यक्रमलाई मानक निर्धारण गरी स्थानीय संस्कृति, भेषभुषा र कृषि उत्पादनसँग आबद्ध गरिनुका साथै होमस्टेमा स्थानीय उत्पादनलाई अनिवार्य गरी एग्रो टुरीज्म प्रवर्द्धन गर्ने, पर्यटन सम्बद्ध सूचना र विपद्बाट पर्यटनमा पर्न जाने असर एवं पूर्व तयारी लगायतका सूचना आदानप्रदानमा सहजता ल्याउन एकद्वार सूचना प्रणालीको विकास र आवश्यक बजेट विनियोजन गरेको कुरा पनि बजेटमा उल्लेख छ।

प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक, निजी तथा गैह्र सरकारी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, लमजुङको क्व्होलासोथार, बागलुङको पञ्चकोट, कास्कीको पुम्दीकोट, बेगनास वराहक्षेत्र, काहुँको बुद्धमण्डला, गोरखाको लिगलिग कोट लगायतका क्षेत्रलाई

पर्यटनका नयाँ गन्तव्यको रूपमा विकास गर्ने, प्रदेशभित्रका क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जिपलाईन, बन्जी जम्प बीच टुरिजम तथा वाइल्ड लाइफ टुरिजम, जस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्नुका साथै पोखरामा प्याराग्लाइडिङको लागि वैकल्पिक स्थानको खोजी गरी पर्यटकीय गतिविधि थप बढाइने भनिएको छ।

इजाजत पत्र लिएर सञ्चालनमा रहेको भए पनि कोभिड लगायतका कारण नवीकरण हुन नसकेका ट्राभल तथा ट्रेकिङ एजेन्सीको नवीकरण गर्ने, उद्योगधन्दा स्थापना तथा सञ्चालनको लागि आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि घरेलु तथा साना उद्योग कार्यालयलाई पुनर्संरचना गरी बिजनेस इन्क्यूवेसन सेन्टरका

रूपमा विकास गर्ने, परम्परागत सिप र प्रविधिमा आधारित घरेलु तथा साना उद्योग वा व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिक दक्षता वृद्धि गर्न उपयुक्त प्रविधि हस्तान्तरण गर्ने कुरा पनि बजेटमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.