|

काठमाडौँ : प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहभागी छन्। बैठकमा सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शुक्रबार बिहान बसेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो।​कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा रहेको कांग्रेस केही पछि हट्दै नाम उल्लेख नगर्न तयार भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.