|

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कलुवापुर नजिक मोटरसाइकल र साइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। साइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ४२ वर्षीय केशवराज पन्तको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दका अनुसार वाणीबाट कलुवापुरतर्फ आउँदै गरेको लु ७९प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गएराति एकापसमा ठोक्किएका हुन्। 

मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का २४ वर्षीय पुष्कर शाह र मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ का २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका छन्। घाइते दुवैजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.