|

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले काठमाडौंमा राँके जुलुस गरेका छन्। राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको सरकारले चर्को मूल्य वृद्धि गरेको भन्दै विरोधमा सोमबार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन्।

काठमाडौंको विशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो। बालुवाटारस्थित राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए।

जुलुसमा मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट, दलाल, घुसखोरलाई कारबाही हुनुपर्ने जस्ता नारा लगाएका थिए। युवा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए विरोध थप चर्काएर लैजाने बताए।

जुलुसलाई कटवाललगायत युवा मोर्चाका नेता गृश्मविक्रम मल्ल, विद्यार्थी संगठनका चेतराज सिंह, सचिन अधिकारीलगायत नेताले नेतृत्व गरेका थिए भने पार्टीका उपाध्यक्ष लाक्पा तामाङलगायत पार्टी नेतासमेत जुलुसमा सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.