|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।

विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्।​ महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।  

त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.