|

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।

आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। 

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शर्माले स्थानीय स्तरमा सञ्चालन हुने विकासे काममा डोजरको प्रयोग कम गरी युवाहरूलाई रोजगारी दिने बताए। ‘श्रम बैक ऐन निर्माण भएको छ, आगामी आर्थीक वर्षदेखि श्रम बैङ्कको स्थापना गरी बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गछौँ’, नगर प्रमुख शर्माले भने।

यस्तै, विपन्न, अपाङ्ग असहाय र दिर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकामा सञ्चालन रहेको नारायण नगर खाने पानीलाई उपभोक्ताले तिर्दै आएको न्यूनतम शुल्कलाई निःशुल्क गराउन लाग्ने महसुल नगरपालिकाले खानेपानी समितिलाई सोध भर्ना गर्नका लागि कार्यविधि बनाएर लागु गर्ने नगर प्रमुख शर्माले बताए।

नारायण नगरपालिकाले आगामी आर्थिक वर्षका २०७९-०८० का लागि ६६ करोड बजेट ल्याएको छ। बजेटमा कृषि, रोजगार र स्थानीय स्तरमा उत्पादन लगाएतका जनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.