|

रौतहट :  प्रहरीले लागुऔषधसहित सर्लाहीका एक जनालाई पक्राउ गरेको छ। 

सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा १४ का ३६ वर्षका मनोजकुमार सिंह लागुऔषधसहित पूर्वपश्चिम राजमार्गको पौराई सडक खण्डबाट पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सन्तुप्रसाद जयसवालका अनुसार लागुऔषध विशेष व्युरो वीरगञ्ज र प्रहरी चौकी पौराई रौतहटको संयुक्त टोलीले सिंहलाई नाइट्रोभेट ट्याब्लेट सहित पक्राउ गरेको हो। 

सिंहको साथबाट ४८० थान नाइट्रोभेट बरामद गरेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.