|

सल्यान : असार महिना किसानहरुका लागि मानो रोपेर मुरी फलाउने समय हो। वर्ष दिनभर खान पुग्ने धान रोप्ने सिजन हो असार।

तर, सल्यानमा मध्य असार भइसक्दा समेत पानी नपरेपछि किसान मारमा परेका छन्। लामो समयदेखि वर्षा नहुँदा पानीका मुहान समेत सुक्न थालेपछि किसानहरुले आकाशे पानीको भरमा बसिरहेका छन्।

विगतका वर्षहरुमा यस समयमा जिल्लाभर झन्डै ५० प्रतिशत भन्दा बढी धान रोपाई सकेको हुन्थ्यो तर यस वर्ष वर्षा नहुँदा सिँचाई भएका केही स्थान बाहेक अधिकांश खेत बाँझो नै रहेका छन्।

वर्षात् नहुँदा खोलानाला समेत सुक्न थालेका छन् जसका कारण धान ब्याड बचाउन समेत किसानलाई हैरानी खेप्नु परेको छ। जिल्लाका प्रमुख नदी, शारदा, बनगाड, मर्म खोला सुकेका छन्।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.