‘चुच्चे नक्सा समेटिएको किताब वितरण गर्न ओलीले रोके’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आफूले धेरै कष्ट गर्नुपरेको बताएका छन्। 

पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार असफल पार्न ठूलो मिहिनेत गरेको बताएका हुन्। 

उनले भने, ‘०७८ साल भदौ २ गते हामी विद्रोह गरेका थियौँ। कति गाह्रो भएको थियो। अर्याल होटल साथीहरूलाई बोलायौँ। बसमा चढेर चन्द्रागिरीमा गएर बस्यौँ। केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौँला भन्ने सोचेका थिए। तर, उनको सबै योजना फेल गरायौँ। कति कष्ट गर्नुपर्यो। बल्लतल्ल संख्या पुर्‍यायौँ।’

आफूलाई साथ दिएका नेताहरुले अन्तमा साथ छाडेको गुनासो गरे। ओलीले एकलौटी गर्न थालेपछि मात्रै साविकको नेकपामा समस्या आएको बताए। 

‘हामीले ओली क्रान्तिकारी दृष्टिकोण कमजोर भएर दक्षिणपन्थी भासमा भासिएको निष्कर्ष निकाल्यौँ। ओलीको राष्ट्रवादको झुटो नारा चलाए।  विदेशीसहित काम गर्न थाले। एमसिसी एकलौटी रुपमा सहमति गर्न पुगे’ उनले भने, ‘चुच्चे नक्सा समेटिएको किताब छापि सकेपछि पनि वितरण नगर्न शिक्षा मन्त्रालयमा निर्देशन दिए।’ 

ओली सत्तामा पुगेपछि व्यक्तिवाद अहंकारमा परिणत भएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.