|

काठमाडौं : आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। 

यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको  बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.