|

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। 

गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। 

बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।  यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कृषिमन्त्री रहेका महिन्द्र राय यादवलगायत केही नेतालाई कारबाहीको निर्णय गरेको छ। 

राष्ट्रियसभा सदस्य यादवले अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियान चलाएको सुनिएकाले त्यसो हो भने त्यो पार्टी निर्णय विपरीत हुने भएकाले कारबाही गर्ने भनिएको बताए। नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै गठबन्धनका अन्य दलमा पनि मन्त्री हेरफेरको दबाब बढेको छ। 

जसपामा प्रमोद साह, प्रदीप यादव, रामबाबु कुमार यादव, सुरेन्द्र कुमार यादव र अमृता अग्रहरी लगायत मन्त्रीको दौडमा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.