|
प्रतीकात्मक तस्विर

पाल्पा : बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडी पक्राउ परेका हुन्। 

गत असार ७ गते बेलुकी एक बालिकालाई सामुदायिक वनमा लगेर करणी गरेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेको जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.