|

काठमाडौं : स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुसी बस्ने गुल्मी धुरकोट गाउँपालिका-६ स्थायी घर भएका ३२ वर्षीय इन्द्र बहादुर पछाई रहेका छन्।

उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। उनले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु, मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जनालाई पीडित बनाएका थिए।

तीन जनाबाट उनले ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.