बूढीगण्डकी आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

|

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेकाे छलफलको विषय भने खुलाइएको छैन।

मुख्य स्वकीय सचिव देउवाले भेटघाट नियमित भएको बताए। आज बसेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले अष्ट्रीयाको भियनामा हुने सम्मेलनमा नेपाल सहभागी हुने निर्णय पनि गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.