|

काठमाडौं :  खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रदानका लागि उत्कृष्ट १५ पुस्तकको नाम सार्वजनिक गरेको छ।

राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले १५ पुस्तकको नाम सार्वजनिक गरेको हो। ​ यिनै १५ पुस्तक मध्येबाट सर्वोकृष्ट एकलाई पद्मश्री पुरस्कार गरिनेछ। यो वर्ष १ सय ४४ पुस्तकबाट उत्कृष्ट १५ पुस्तक लिइएको प्रतिष्ठानका अध्यक्ष जीवा  लामिछाने जानकारी दिए।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। 

यी हुन् छानिएका १५ पुस्तक 

१.अग्नि​​​​–डा. नवराज लम्साल

२.अर्को भोर–​​ केशवराज ज्ञवाली

३.एक सम्बोधन समयमाथि​​ –दीनानाथ शर्मा

४.काफ्काको काम सकियो​–​ राजव

५.गुरु​​​​– कविता राई

६.छाइल​​​– लोकराज भट्ट

७.ताल्चा​​​ –दिलिप बान्तवा

८.निनाद वल्लरी​​​ –अलका आत्रेय

९.पैतालामा हिउँ, आँखामा हिमाल​ –राजेन्द्रमान डङ्गोल

१०.भिक्षुसँग प्रेम​​​ –उषा हमाल

११.भोजपुरको वाङ्मय​​– डा. विप्लव ढकाल

१२.महाभारा​​​ – बसन्त बस्नेत

१३.मिथ्या​​​– दीपक पराजुली

१४.यादहरूको सङ्ग्राहलय​​ –केवल बिनाबी

१५.सत्यमोहन–​​​ गिरीश गिरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.